महाभियोगलाई राजनीतिक आँखाले नहेरी सबै सांसदले सहयोग गर्न कानुनमन्त्री बडूको आग्रह


कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अदालतको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग दर्ता गरिएको बताएका छन् । प्रतिपक्षी दल एमालेले समेत महाअभियोगको पक्षमा मत दिने विश्वास व्यक्त गर्दै मन्त्री बडूले महाअभियोग प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुने दाबीसमेत गरे ।

करिब चार महिनासम्म प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई निकास दिन नसकेपछि संवैधानिक प्रक्रियाअनुसार महाभियोगको बाटोमा जानुपरेको मन्त्री बडूको भनाइ छ । चार महिनासम्म अदालतमा भएको डेडलकबारे सबै दल र सांसदहरू जानकार भएकाले महाभियोगको प्रस्ताव पास हुने कानुनमन्त्री बडूको भनाइ छ । प्रस्तुत छ कानुनमन्त्री बडूसँगको ्संक्षिप्त कुराकानी :–

प्रधान्यायाशीश चोलेन्द्र समशेर जबराविरुद्ध आइतबार छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता गर्नुभयो । पूर्वतयारी पनि केही थियो कि ?

होइन । त्यस्तो भन्नुभन्दा पनि तपाईंलाई थाहा छ, न्यायपालिकाभित्र एउटा अविश्वासको वातावरण सिर्जना हुँदा चार महिनादेखि गतिरोध थियो । एउटा डेडलकको अवस्था थियो । सबै न्यायिक प्रशासन प्रभावित भइरहेको थियो । यसको निकास खोज्न र यो अवरोध फुकाउनका निम्ति हामीले अनौचारिकरुपमा हाम्रो संवैधानिक सीमा सम्मान गर्दै प्रयत्न गरिरहेका थियौँ । हामीले गरिरहेको प्रयत्‍नले कुनै परिणाम नदिने अवस्था भयो । गतिरोध नफुक्ने अवस्था बन्यो ।

प्रधानन्यायाधीशले पनि चिन्ता, चासो, तत्परता र अग्रसरता लिनुभएन । सबैको विश्वास आर्जन गरेर जाने प्रयत्न उहाँबाट भएन । सबै न्यायाधीशको विश्वास पनि उहाँले लिन सक्नुभएन । उहाँले यसको समाधान संवैधानिकरुपमा गर्नू भनेर सार्वजनिकरुपमै भनिराख्नुभएको थियो । ‘मैले उनीहरूलाई विश्वासमा लिन सकिनँ, म राजीनामा दिँदैन । तर, म संवैधानिक बाटोबाट यो पदमा आएको हुँ, संवैधानिक बाटोबाटै बहिर्गमन हुन तयार छु’ उहाँले चुनौती दिएर भन्न थाल्नुभयो । यसलाई आपसी संवादबाट समाधान गर्नका लागि उहाँको तत्परता देखिएन । त्यसपछि यो अवरोधलाई फुकाउनका लागि एउटा संवैधानिक बाटो जानुपर्ने भयो । त्यसैले संवैधानिक निकास सुरु भएको छ ।

संविधानको धारा १०१ को उपधारा २ अनुसार तीनजना प्रस्तावकसहित प्रतिनिधिसभाका एक चौथाइ बढी सदस्य ९९८ जना० को हस्ताक्षरमा महाभियोग प्रस्ताव आज दर्ता भएको छ । यसले अब संवैधानिक बाटो सुरु भयो । संवैधानिक निकासका लागि सांसदहरूले लिएको अग्रसरताले एउटा निष्कर्षमा पुर्‍याउनेछ । अब न्यायपालिका सञ्चालनमा आउँछ । न्यायपालिकाको अवरोध समाप्त भएर संवैधानिक ढङ्गले न्यायपालिका र न्याय प्रशासन सञ्चालन हुन्छ ।

महाभियोग पास हुने सम्भावना छ त रु कि ‘स्टन्ट’ मात्र गर्न खोज्नुभएको हो रु पास गर्न त दुई तिहाइ चाहिन्छ । यसमा न सिङ्गो गठबन्धनको समर्थन देखियो, न विपक्षीले साथ दिएको अवस्था छ । यस्तो अवस्थामा दुई तिहाइ पुर्‍याउन सक्नुहुन्छ ?

यो पार्टीगत पक्ष–विपक्ष विषय होइन । देशको न्यायपालिकामा यसरी गतिरोध हुनुहुँदैन भन्ने एउटा नागरिकले चाहेको विषय हो । प्रतिनिधिसभाका सबै सांसद चाहेको विषय नै हो । त्यसकारण यो गतिरोध अन्त्यका लागि महाभियोग सबैले अपेक्षा गरेकै विषय थियो । अदालतभित्रको गतिरोध नफुक्दाखेरि जनताले पाउने न्यायको प्रक्रियामा अवरोध आयो । त्यसर्थ, एउटा जिम्मेवार सांसदको नाताले सबैले समर्थन गर्नुहुन्छ ।

प्रमुख प्रतिपक्षी एमालेले साथ नदिएको अवस्थामा महाभियोग के हुन्छ ?

यो राजनीतिक रूपमा वा पार्टीगत रूपमा हेरिनुभन्दा पनि सार्वभौम संसद्‍भित्रको विषय हो ।

तर, सत्ता पक्षले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने जस्तो विषयमा प्रतिपक्षसँग छलफल नगरेको देखियो । प्रतिपक्षीले यसलाई छापामार शैलीमा गरिएको गम्भीर षड्यन्त्र भनेको छ । अब यसलाई दलको आँखाले नहेर्न भनेर हुन्छ र ?

यो विषयमा सबै जानकार हुनुहुन्छ । सबै सांसदलाई व्यक्तिगत रूपमा र पार्टी संस्थागत रूपमा जानकारी भएको विषय हो । उहाँहरू सबैले यो गतिरोध रुचाउनुभएको थियो भनेर सोच्नु पनि हुँदैन । त्यसकारण यसलाई सहजरुपमा लिएर संवैधानिक निकास दिन्छौँ । स्वतन्त्र न्यायपालिका संवैधानिकरुपमा सञ्चालनको मार्गप्रशस्त गर्ने कार्यमा सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुहुन्छ ।

प्रधानन्यायाधीशलाई निकास ९राजीनामा रु० दिन आग्रह गरिएको कुरा सुरुमा भन्नुभएको थियो । अब महाभियोग दर्तापछि पनि फेरि प्रधानन्यायाधीशसँग कुनै समझदारी हुने सम्भावना बाँकी छ कि छैन रु कि उहाँलाई बिदै गर्ने हो ?

हो । हामी अब संवैधानिक प्रक्रियामा प्रवेश गरिसक्यौँ । यो विषय संवैधानिकरुपमै हल हुन्छ । यतिका दिनसम्म हामीले निकासका लागि उहाँलाई आग्रह गरेका थियौँ । हामी सत्तामा बसेको नाताले न्यायपालिकाभित्रको गतिरोध समाधानका लागि प्रत्यक्ष भूमिका हुँदैन । तर, पनि त्यो सीमाभित्र रहेर नै हामीले अनौपचारिक रूपमा आग्रह गरिरहेकै थियौँ । तर, त्यसबाट निकास आएन । अब यसले एउटा परिणाममा पुर्‍याउँछ ।

यहीबीचमा प्रधानन्यायाधीशले राजीनामा दिएमा के हुन्छ ?

उहाँले के गर्नुहुन्छ भन्ने अनुमानको विषय भयो । उहाँले राजीनामा दिनुभयो भने आफ्नै ढङ्गले आफैँ सकिन्छ । तर, यो संवैधानिक प्रक्रियामा उहाँ कसरी जानुहुन्छ भन्ने कुरा हामीले अनुमान लगाउन सकिँदैन ।

महाभियोग लगाउनुको अन्तर्य पनि बताइदिनु न रु किन लगाउनुपर्यो महाअभियोग ?

प्रधानन्यायाधीशकै अग्रसरतामा अदालतको समस्या समाधान होस् भन्ने हाम्रो प्रयास थियो । तर, त्यसका लागि नेतृत्वका साथ पहल गर्नुभएन । सबै न्यायाधीश यतातिर हुने अवस्था लामो समयसम्म रह्यो । प्रधानन्यायाधीशविरुद्ध पूरा बेञ्च र बार उभिएको अवस्था छ । यस्तो बेला उहाँले विश्वासको वातावरण बनाउने चाहना र चिन्ता उहाँले राख्नुभएन । उहाँले त्यो चिन्ता र चासो लिनुभएको भए यो अवस्था आउने थिएन भन्दै रातोपाटीसंगको अन्तावार्तामा भनेका छन् । तर, कसैलाई विश्वासमा नलिएर फेरि उहाँ सक्रिय हुन थाल्नुभयो । त्यसैले उहाँबाट न्यायपालिका चल्न सक्दैन भनेर माघ अन्तिम साताबाट हामी तयारीमा थियौँ । त्यहीअनुसार उहाँमाथि आज महाअभियोग दर्ता भएको हो ।