इन्द्रेणीमा गणेश थापा मगरको ८४ औं जन्मोत्सव विशेष कार्यक्रम


काठमाडौं, बैशाख ०९। स्याङजा जिल्ला हरिनाश गाँउपालिका स्थायी घरभएका गणेश बहादुर थापा मगर र गनिमाया थापा मगरले इन्द्रेणीको स्टुडियोमा ८४ औं जन्म दिवस मनाए । श्रीमती छोरा बुहारी, दाजुभाई तथा आफ्न्त इष्टमित्रको सहभागितामा ८४ औं जन्मदिवस इन्द्रेणी कार्यक्रम मार्फत मनाएका हुन । इन्द्रेणीमा कला, संगित र संस्कृतिको संरक्षण समेत गर्ने उद्देश्यले आफ्न्तहरु पोखराबाट राजधानी आए जन्मोत्सव मनाएका हुन ।

थापा मगरका सम्पूर्ण परिवार इन्द्रेणी कार्यक्रमका प्रशंसक भएको भन्दै ८४ औं वर्षको अवसरमा समेत यही कार्यक्रम मार्फत विभिन्न दिनदुखीहरुप्रति सहयोग गर्ने भाव भएको थापामगरका जेठा छोरा घन बहादुर थापा मगरले बताए ।
मौलिक संस्कार र परम्परा अनुरुप कार्यक्रमको व्यवस्थापन गरी सबै आफ्न्तहरुका बीचमा जन्मोत्सव मनाउँन पाउदाँ आफुलाई निकै आत्मसन्तुष्टि मिलेको थापा मगरले बताए । थापाका जेठा छोरा घनबहादुर थापा मगर बुहारी कृष्णा थापा मगर, माइला छोरा डाक्टर बालकृष्ण थापा मगर, बुहारी सजना थापा मगर र कान्छा छोराबुहारी दिलबहादुर थापा मगर र कल्पना थापा यसै गरी नातिनातिनीहरू किरण थापा मगर, चेत शेरजङ थापा मगर, राजकृष्ण थापा मगर, रिया थापा मगर, यज्मी थापा मगर, यलिसिया थापा  मगरलगायतका आफ्न्तहरुको तर्फबाट कार्यक्रमलाई शुभकामना व्यक्त गरेका हुन ।

कार्यक्रममा कृष्ण कंडेल इन्द्रेणी फाण्डेशनका अध्यक्ष कृष्ण कंडेलले ८४ औं जन्मदिवसका अवसरमा थापा मगर आमाबुवाको सुस्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरे । इन्द्रेणीका प्रमुख सञ्चालक समेत रहेका कंडेल र व्यवस्थापक प्रतिमा कंडेललगायतका कलाकारहरुले जन्मदिनको अवसरका शुभकामना व्यक्त गरेका हुन । यस्तै कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, गीतकार तथा समाजसेवी जानुका राई, समाजसेवी थम छन्तयाल, गीतकार तथा संगीतकार राजकुमार बगर, चिज गुरुङ कल्पना दाहाललगायतका कलाकारहरुको सहभागी रहेको थियो ।

पारिवारीक विवरण
नाम : गणेशबहादुर थापा मगर
जन्मस्थान : हरिनास गाउँपालिका वडा नं.६, सुसिनडाँडा स्याङजा
जन्ममिति : १९९५ वैशाख १२ गते
नाम : गनिमाया थापामगर
जन्मस्थान : हरिनास गाउँपालिका वडा नं. ६, सुसिनडाँडा
जन्ममिति : १९९६ कात्तिक १० गते
जेठा छोराबुहारी : घन बहादुर थापा मगर, कृष्णा थापा मगर
माइला छोराबुहारी : डा. बालकृष्ण थापामगर, सजना थापा मगर
कान्छा छोराबुहारी : दिलबहादुर थापा मगर, कल्पना थापामगर
नातिनातिनीहरू : किरण थापामगर चेत थापा मगर राज थापा मगर रिया थापा मगर एजमी थापा मगर एलिसिया थापा मगर
छोरीहरू : चित्रकुमारी आले, नमकुमारी आले, बेलीमाया थापा
नातिनातिनीहरू : होमबहादुर (श्याम), आले वीरेन्द्र आले, सविता आले, गीता आले, कमल आले, अपिल आले, प्रिया थापा, निश्चल थापा र पलाती पलातिनीहरू रहेका छन् ।

जन्मोत्सको अवसरमा विभिन्न दुस्खी पीडितलाई १ लाख, स्टुडियो निर्माणमा १ लाख र कार्यक्रम व्यवस्थापनका लागि १ लाख गरी ३ लाख रुपैयाँ सहयोग गरेका हुन । यस्तै ८४ वर्षिया थापा मगरले मृगौला पिडित, मानसिक समस्या, अपाङ, दृष्टिबिहिन तथा अशक्तहरुका लागि कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत वितरण गरिने सहयोग हस्तान्तरण गरेका हुन । थापा मगर परिवारले जन्मोत्सवमा अन्यत्र भोज भतेर तथा खानपानमा खर्च हुने रकम जोगाई इन्द्रेणीमा दिएमा अन्य समस्या भोगी रहेका मानिसहरुले सहयोग पाउने भएकाले मानविय कार्यमै सदुपयोग गर्न इन्द्रेणीमा जनमोत्सव मनाएर समाजमा सहयोगको विकास गर्न खोजेको बताएका छन् ।