समाजसेवी घन बहादुर थापा मगरको साहित्यिक मोह


काठमाडौं, बैशाख १०।  हरिनास गाउँपालिका वडा नं. ६, सुसिनडाँडा स्याङजामा जन्मिएका घनबहादुर थापा मगर साहित्यमा निकै रुची राख्ने व्यक्तित्व हुन । आफ्नो पेशा व्यवसायका साथै समाज सेवामा अति नै लागि पर्ने थापा मगर बचेको समयमा साहित्य सृजनामै खर्च गर्ने गर्छन । श्रीमती एक छोरा र छोरीसहित बेलायतमा बस्दै आएका थापा मगर आफ्नो जन्म थाले स्याङजा अनि पोखरा र नेपाललाई त्यतिकै सद्भाव र माया गरिनै रहने कमै व्यक्तिहरु मध्येको एक प्रतिनिधिमुलक व्यक्तित्व हुन ।

थापाले आफ्नो समाज, गाँउ परिवेश अनि चोगाईका कथा व्यथाहरुलाई कविताको माध्यममार्फत शव्दमा उन्नमा निकै सिपालु छन् । थापा मगरका ४ वटा कविता संग्रह पुस्तक समेत प्रकासनमा आइसकेका छन् । कविताबाट आम नागरिक मुलुकका जुनसुकै कुनामा बसेपनि कवि थापाका सृजना अध्ययन गरेपछि नेपालकै डाँडाकाँडा अनि बन पाँखामा घुमेको अनूभूति हुने गर्छ । यतिमात्र होइन सरल, सुद्ध र स्थानीय मौलिक शव्दहरुको प्रयोगले दौतरीहरु आफ्नो थालेमा घुमेको अनुभूति कविता संग्रहले दिएको छ । लेखनमा अध्यन, अनुभव, लेखन शैली तथा विषयबस्तुको प्रस्तुती सन्तुलित हुनुका साथै आफू र समाजले भोगिरहेका जीवन देखिने परिवेशलाई गहिराईमा पुगी सुक्ष्म रुपमा विश्लेषण गरिएको छ ।

घन बहादुर थापा मगरले लेखेका मेरो चिनो मेरो देश कविता संग्रह (२०७२), फूलको मुस्कान कविता संग्रह (२०७७) र क्याक्मीको कोसेली कविता संग्रह (२०७३), देशको माटोमा मेरो फूल कविता संग्रह (२०१३) रचना प्रकाशन भैसकेका छन् । बेलायत निवासी मगरको मेरो चिनो मेरो देश कविता संग्रहमा ४९ वटा कविताहरु ७७ पृष्ठमा समावेश गरिएका छन् । यस्तै फूलको मुस्कान कविता संग्रहमा १३१ वटा कविताहरु १४० पृष्ठमा समावेश गरिएका छन् । क्याक्मीको कोसेली कविता संग्रहमा १०१ रचनाहरु १४७ पेशमा समावेश गरिएको छ । ब्याचलर डिग्री इन साइनसम्म अध्ययन गरेका थापा मगर २०२० साल चैत ३० गते सुसिन डाँडा – ८ क्याक्मी गाँउ स्याङजामा बुबा गणेश बहादुर थापा मगर र आमा गनी माया थापा मगरका जेठा सुपुत्र हुन ।

उनको मेरो चिनो मेरो देश कविता संग्रहमा कविताको शिर्षक अनुरुप नै प्रतिकात्मक तस्विर राख्नुले स्पष्ट रुपमा कविताले व्यक्त गर्न खोजेको सन्देश र भाव अझै स्पष्ट हुन्छ । एनआरएन युके र मगर बुद्ध समाज युकेका सल्लाहकार समेत रहेका थापा मगर आदिकवि भानुभक्त द्धय शत वार्षिककी पदक र एनएलडिसी गोल्ड मेडल सेकेण्ड इन २००९ र विशिष्ट सम्मानपत्र, प्रशंसा पत्र र कदर पत्रहरुबाट समेत पुरस्कृत भएका छन् ।पुस्तकको प्रकाशन नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टर तथा प्रकाशन संयोजन नेपाली साहित्य विकास परिषद् यूकेले गरेको हो भने वितरण रत्न पुस्तक भण्डारले गरेको छ । यसको प्रायोजकमा श्रीमती कृष्णा थापा मगरले गरेकी छन् ।