अपाङगता भएपनि बहुप्रतिभाका धनी अमिर बमजम


काठमाडौं, असार ११ ।  यी व्यक्ति हुन थाहा नगरपालिका वडा नम्बर १ खानीगाँउ मकवानपुरका अमिर बमजन । उमेरले २२ वर्षका उनी जन्मजात अपाङ हुन । तर उनको क्षमता भने सपाङगको भन्दा बढि छ ।बमजनका बुवा आमा, श्रीमती र ७ महिनाकी छोरी समेत छ । बमजन शारिरिक रुपमा पूर्णरुपमाअपाङगता भएपनि  उनको क्षमता भने अदभूत रहेको छ । उनले आफै जीवनको पीडा र भोगाईलाई समेटेर गीत रचना गरेका छन् भने मुखले रङ र ब्रसको सहारामा विभिन्न प्रकारमा चित्रहरु बनाउने कला छ । सुमधुर स्वर, कला र गलाका समेत निकै धनि रहेका बम्जनले यतिबेला यही चित्रकलालाई आफ्नो जीवन र घर परिवार धान्ने माध्यम बनाएका छन् । उनी हरेक समय मुखले चित्र बनाउनुका साथै कलासहित्य तर्फ गीत, संगित र कविताहरु समेत सृजना गर्ने गर्दछ ।

प्रेम विवाहको खुसी

बमजनले मुखले नै मोवाईल चलाउन सक्छन् । यसै मोवाईल र फोनको माध्यम मार्फत नै मकवानपुरका बमजन र रोल्पा त्रिवेणी गाँउपालिकाकी पुष्पा घर्तिमगरको चिनजान हुन्छ । बम्जनलाई खाना खुवाउन देखि दिशापिसावसम्म पनि अरुको भर पर्नु पर्ने भएपनि उनको मुख नै सबैभन्दा क्षमता र शक्तिशाली भएकैले कारण कुुराकानी हुर्दै जाँदा दुवै जना प्रेम बन्धनमाा बाधिए । प्रेमले नै जीवनको सबैभन्दा शक्तिमान भएकैले रोल्पाकी घर्तिमगरको छोरी र मकवानपुराका बमजनका छोरीबीच सबै विषयलाई पराजित गर्दै विवाहले विजय हासिल ग¥यो । आफु सपाङग भएर पनि प्रेम भावकै कारण पूर्ण अपाङग व्यक्तिलाई सिहारसुसार गरेर बस्न पाउँदा आफूलाई आत्मासन्तुष्टि समेत मिलेको घर्तिमगरको भनाई छ । अहिले उनले श्रीमान्, छोरी, सासुससुराको ख्याल गर्दै मकवानपुरमै खुशीका साथ दिन विताएको बताउँनिछ ।

२०७२ सालको भूकम्प बमजनलाई बरदान

२०७२ साल बैशाख १२ गतेको शक्तिशाली भूकम्प धेरैलाई अभिसाप बन्यो भने बमजनका लागि भने बरदानै सावित भयो । भूकम्पपछि नागरिकको अवस्था र मानसिक रुपमा भोग्नुपरेको समस्या पहिचान गर्न भन्दै सरकार देखि विभिन्न गैर सरकारी संघ संस्थाहरु तथ्याङक संकलन गर्न भूकम्प प्रभावित जिल्लामा पगे । यसै समयमा बम्जन पनि थाहा नगरपालिका भेट भएका पात्र हुन । उनीमा केही क्षमता रहेका र त्यो क्षमतालाई केही अवसर दिएमा उनको जीवन केही सहज हुने देखेर करुणा फाउण्डेशन नेपालले उनलाई सहयोगका हातहरु अघि बढायो । उनी भित्र रहेका कला र गलालाई केही समयोग गर्न समेमा थप क्षमता विकास हुने भन्दै चित्रकला र संगीत सिकाउने अवसर जुराइदियो फाण्डेशनले । न्यू बज्रार्चायले उनलाई संगित सिकाई दिए भने वरिष्ठ चित्राकाल किरण मान्नधरले चित्रकल सिकाई दिए । अहिले त्यी समयमा सिकेको सिपलाई सदुपयोग गर्दै आफ्नै घर थाहा नगरपालिकामा चित्र कोर्ने काम गर्छन । त्यसका लागि आवश्यक सामग्रीको जोहो गर्ने काम श्रीमती पुष्पाले गर्ने गरेकी छन् ।

चित्रकला सिधै खरिद गर्न सकिने

उनले आफ्नै फेसवुक पेजमा आफुले तयार गरेका चित्रहरु राख्ने र यदि खरिद गर्न चाहानेहरुले किन्ने गरेको सुनाउँछन । चित्रको मुल्य २५ हजार देखि एक लाखसम्मका छन् । चित्रको आकार र बनावटअनुसार मुल्य फरक रहेको उनको भनाई छ । उनले आफुले तयार पारेका चित्रहरुलाई खरिद गरि सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । यदि कसैले बम्जनको चित्रकला घर वा कार्यालयमा सजाउन चाहेमा वा आफुले चाहेको बनाउन चाहेमा अडर गर्न सक्ने उनको भनाई छ । जसका लागि उनको सम्र्पक मोवाईन ९८६१५६२६२० मा सिधै सम्र्पक गर्न समेत सकिन्छ । अहिले उनले तयार पारेका चित्रको विक्रि वितरणमा करुण फाण्डेशन नेपालले सहजीकरण गरिदिएको छ । राजधानीमा समेत उनका चित्रकला प्रदर्शनी गरी आएको रकमबाट जीवन चलाउने गरेको बताउँछन । करुणा नेपालले अपाङगता रोकथाम तथा पुर्नस्थापनामा काम गर्दै आएको छ । अहिले यो संस्थाले प्रदेश नम्बर १ का ७ जिल्लाका ७० पालिकामा अपाङगता भएका व्यक्ति तथा परिवार सम्बन्धी काम गर्दै आएको छ ।

इन्द्रेणी कार्यक्रममा बमजन

संस्कृति सभ्यताको जननी हो भन्ने मुख्य नाराका साथ सञ्चालित कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनमा समेत बमजनले आफ्ना चित्रकला र मिठो स्वर प्रस्तुत गरेका छन् । उनले तयार गरेका विभिन्न चिककलाहरु प्रस्तुत गरेकाहुन । यता उनले सपाङग श्रीमतीलाई माइती, घरपरिवार र समाजले सोच्ने गरेका विषयलाई गीतको माध्यम मार्फत प्रस्तुत गर्दा इन्द्रेणी स्टुडियोमा सहभागी सयौं दर्शकहरु मुखदर्शक हुनुका साथै मलिन समेत भएका थिए । यता महिलाको आटलाई सम्मान गर्नै पर्ने भन्दै आत्मबलको लागि हौसला र प्ररेणा समेत दिएका थिए । इन्द्रेणी कार्यक्रममा बम्जन दम्पतिले आफ्ना जीवनका भोगाई, समाजले हेर्ने दृष्टिकोण र सामाजिक सञ्जाल मार्फत चिनजान भएको प्रेम विवाहमा परिणत भएको विषयमा खुलेरै बताएका थिए । उनीहरुसंग प्रस्तुत गरिएको कुराकानी र बमजनको कला एवम् गलाको बारेमा थाहा पाउनको लागि indreni.com  युटुवमा गई हेर्न र सुन्न सकिने छ ।