६० वर्षपछि राजनीतिको कार्यकारी भूमिकामा नरहने उम्मेदवार कल्पना धमलाको घोषणा


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार कल्पना धमलाले ६० वर्षपछि राजनीतिको कार्यकारी भूमिकामा नरहने घोषणा गरेकी छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फकी उम्मेदवार धमलाले जीवनका सबै उमेरसम्म राजनीतिको कार्यकारी तहमा बसी रहन उचित नहुने भन्दै यस्तो घोषणा गरेकी हुन । उनले भाषणमा मात्र होइन आफ्नो चुनावी संकल्पत्रमै प्रतिवद्र्धता व्यक्त गरेकी हुन ।

चुनावी प्रतिवद्र्धतामा छलछाम, षड्यन्त्र र मतदाताका आशालाई निराशामा परिणत नगर्ने संकल्प समेत गरेकी छन् । आफुुले यस क्षेत्रमा ढाँट्ने छैन, जनताको साथ छाड्ने छैन, भ्रष्टाचार गर्ने छैन, छल्ने छैन, जे बोल्छु, त्यो गर्छु । नसक्ने काम बोल्दिनँ, आश्वासन दिन्नँ । भ्रमपूर्ण कार्य गर्ने छैन भन्ने विषयलाई स्पष्टसंग मतदातासम्झ प्रतिज्ञा समेत गरेकी छन् ।

उनले नेपालको राजनीतिमै आफ्नो क्षेत्रमा हरेक वर्ष भएका काम, बजेट तथा योजनाहरुको कार्य प्रगतिविवरण सार्वजनिक र्गछु भन्ने घोषणा गर्नु राजनीतिमा नयाँ आयाम हुन सक्छ । यहाँका कमै नेताले मात्र यस्तो भन्न सक्छन ।

नागरिकको सुख–दुःखमा जनसमुदायकै बीचमा गएर इमानदारसाथ आफ्ना कर्तव्य निर्वाह गर्दै जनताका योजना सरकारमा पु¥याएर बजेट लिएर घरगाउँमा आउने बताएकी छन् । उम्मेदवार धमलाले जनताको शासक होइन, साथी भएर अगाडि बढ्ने प्रण गर्दै राजनीतिक इमानदारिता, आँट, साहस नागरिकको भरोसामा प्रतिबिम्बित रहने बाचा समेत गरेकी छन् ।

उनले प्राचिन, लिच्छविकालीन, मल्लकालीन सभ्यताको विकास गरी सांस्कृतिक सहरको रुपमा विश्वसामु परिचित गराउँने, आधुनिक नेपालको सुरूवात भएका क्षेत्र तथा स्थानहरुको संरक्षण र प्रवद्र्धन गर्ने, भाषा, संस्कृति, गुठी, क्लब, धार्मिकस्थल, मठ–मन्दिरहरूको संरक्षण गरी विश्वसामु जिवन्त बनाउँने, यस क्षेत्रका ऐतिहासिक र सांस्कृतिक शहरको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने बताएकी छन् ।

 

यस्तै आधुनिक जलाधार क्षेत्रको विकास, जंगली भू–भागलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गरी परम्परागत निर्वामुखी पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने लक्ष्य लिएकी छन् । स्थानीय कृषि उत्पादनको उपभोग र बजारीकरणको जिम्मा लिई, पहाडी क्षेत्रमा होमस्टे सञ्चालन, जंगली क्षेत्रमा ‘इको टुरिजम’ सञ्चालन, ऐतिहासिक स्थल समेटेर पदमार्ग निर्माण गर्ने धमलाले बताएकी छन् ।

यता ‘वसन्तपुरको पर्यटन पचलीभैरवसम्म’ भन्ने नारा तय गरी पर्यटन प्रवद्र्धन, नेपालको पहिलो सुरूङमार्ग नागढुंगातर्फ सुविधासम्पन्न ट्रमा अस्पताल सञ्चालन गर्ने, सुरुङमार्ग क्षेत्रमा युवालाई रोजगारी र उद्यमशीलतामा केन्द्रित गर्ने, सुविधासम्पन्न ल्यावसहितको घुम्ती अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउँने, कुनै एउटा सरकारी विद्यालयलाई गुणस्तरीय आवाससहित बुढानिलकण्ठ मोडलमा सञ्चालन गर्ने उनको चुनावी प्रतिवद्धता छ ।

दुई वडाबराबर एक बौद्धिक अपाङगता तथा विशेष क्षमता भएका बालबालिकाका लागि हेरचाह केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउँने, स्वच्छ खानेपानीको व्यवस्थापन गरी सरसफाईमा जागरण ल्याउँनुका साथै सामुदायिक स्वास्थ्य केन्द्रलाई प्रसुति अस्पतालस्तरमा विकास गरी सामुदायिक विद्यालयहरुलाई समय सापेक्ष प्रविधिमैत्री बनाउँदै लैजाने बाचा गरेकी छन् माओवादी पोलिट्ब्यूरो सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ९ की साझा उम्मेदवार धमलाले ।

विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी समेत लिइसकेकी उनले सितापाईला–रामकोट–भिमढुंगा–गल्छी सडकलाई राजमार्गको रुपमा प्रयोगमा ल्याउने, नैकाप खेल मैदानलाई पश्चिम क्षेत्रको मुख्य मैदानको रुपमा विकास गर्ने, भूकम्पबाट क्षति पुगेका स्थल तथा सम्पदाहरुको निर्माण सम्पन्न गर्ने, टेकु घाटको दिर्घकालीन व्यवस्थापन गर्ने, हिटी, फल्चा तथा पार्टीहरुको उचित संरक्षण र संवद्र्धन गर्ने, नागढुुंगा सुरङमार्गको फ्लाईओभर सडक निर्माणमा उचित सहजिकरण गर्ने संकल्प पत्रमा स्पष्ट पारेकी छन् ।
राजनीतिमा निष्ठाको धरोहर, आवाजविहीनहरुको आवाज, आम महिलाका लागि रोलमोडल विकासको पहिलो नारा चेतना र समुन्नतीलाई जोड् दिर्दै काठमाडौं ९ मा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगती गरेरै छाड्ने बताएकी छन् । राजनीतिक अन्यायविरुद्धको आवाजलाई जिवन्त राख्दै जनतालाई साथमा लिई विकास कार्यमा अघि बढ्न सकिने विश्वास लिएकी छन् ।

संविधान सभामा प्रत्यक्ष तर्फ निर्वाचित नेतृ जीवनको सबै उमेरमा इमान्दारिता, दृढता, स्पष्टता, मुलुक र जनताप्रति समर्पित नेतृ भएकाले उनलाई निष्ठावान, पारदर्शी, प्रतिवद्ध र नडगमगाउने नेतृका रुपमा सिपाही समेत मान्ने गरिन्छ । राजनीतिक विश्वासको खडेरीमा पृथक नमुना अनि आस्थाको सामु कहिल्यै नझुक्ने नेतृका रुपमा धमलालाई लिने गरिन्छ ।

सभासद् र मन्त्री पदमा रहदाँ समेत लोभलालच एवम् मोहमा कहिल्यै नफसेकी उनी भ्रष्टाचारलाई निरुत्साहन गरी जनश्रमदानलाई प्रोत्साहन गर्न अनि सहीलाई सही भन्ने, गलतलाई गलत भन्ने जनताका बीचमा सदैव लोकप्रिय बन्ने प्रण उनको सर्दैव आत्मसाथ गर्ने बताउँछिन ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रतिनिभि सभा तर्फ साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रकी पोलिट्व्यूरो सदस्य कल्पना धमला, प्रदेश ९ क मा नेपाली कांग्रेसकी नानु बास्तोला र ९ ख तर्फ कांग्रेसकै श्याम कृष्ण खड्का उम्मेदवार छन् ।

यो क्षेत्रमा चन्द्रागिरी नगरपालिका वडा वडा नम्बर १, १२, १३, १४ र १५ पर्दछन् भने नार्गाजुन नगरपालिका अन्र्तगत ६, ७, ८, ९ र १० नम्बर वडा पर्दछन् । यता काठमाडौं महानगरपालिका अन्र्तगतका वडा नम्बर १२, १४, २१ र २२ यसै निर्वाचन क्षेत्रमा रहेका छन् । यस क्षेत्रमा धरहरा देखि काजी कालुु पांडे समाधिस्थल, पचली भैरव, संकटा मन्दिरदेखि सेतो गुम्वासम्म रहेका छन् ।

यता नागढुंगाको सुरुङमार्गदेखि कलंकी, बल्खुु तथा राजधानीको व्यापारिक मुटु क्षेत्र न्यूरोड सुन्धारा छन । पडाही क्षेत्रमा भिमढुंगा, रामकोट, झागाझिटि, दहचोक जस्ता आर्कषक पर्यावरणीय क्षेत्र रहेका छन् ।