इन्द्रेणी फाण्डेशनबाट अटिज केयर सेन्टरलाई सहयोग


चन्द्रागिरी नगरपालिकामा अटिजम, बौद्धिक अपाङगता केयर सेन्टर सञ्चालन भएको छ । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालिन केयर सेन्टरको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बुुमा सुरु भएको हो । महिलाहरुले सञ्चालन गरेको सेन्टरमा नगरपालिकाकी नगरप्रमुख बसन्ती श्रेष्ठले सेन्टरको औपचारिक उद्घाटन गर्दै यस सेन्टर सञ्चालन हुनुुले सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपमेयर श्रेष्ठले सामाजिक विकासमा बालबालिकाको दैनिकी परिवर्तन गर्न केयर सेन्टर स्थापनाले सहयोग पुुग्ने बताउनुुभयो । आफुुले सरकारी नीति नियम तथा भएका कानूनहरुलाई आवश्यक रुपमा कार्यान्वयन गरी अटिजम भएका बालबालिका तथा तीनका परिवारको सहज जीउने आधार तयार गर्न आफुु लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बालबालिकालाई दिनभरी घरमै अभिभावकले हेरचाह गर्नुपर्दा आर्थिक उर्पाजनमा समेत प्रभाव परेको भन्दै यस्ता सेन्टरले बालबालिकाको हेरचाह गर्ने भएकाले घरका अन्य सदस्य रोजगारी तथा उद्यमशिलतामा लाग्न थप सहयोग पुुग्ने उपमेयर श्रेष्ठले बताउँनुुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर भुवाजीले अटिजम, बौद्धिक अपाङगता भएका बालबालिकालाई पहिचान गरी उनीहरुको जीवन परिवर्तनका लागि ग्रामीण स्तरबाटै सचेतना जागरण गरी शिक्षा र सिपको प्रक्रियामा सहभागी बनाउन सबैलाई आग्रह गर्नुभयो ।
कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा लोकप्रिय इन्द्रेणी कार्यक्रमका सञ्चालक एवम् समाजसेवी कृष्ण कंडेलले बालबालिकाको शिक्षाका लागि सरकारी स्तरबाटै अटिजम केयर सेन्टरहरुको व्यवस्थापन गरी बालबालबालिकाको हेरचाह गर्ने अभियान देशैभरी चलाउनुुपर्ने बताउँदै सरोकारवाला निकार्य लाग्नुपर्ने धारणा राख्नुुभयो । उहाँले निजी क्षेत्र र महिलाहरुले थालेको अभियानलाई सबै तिरबाट सघाउन समेत सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । यस्तै कृष्ण कंडेल इन्द्रेणी फाण्डेशनका अध्यक्ष तथा इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेलले सेन्टरका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । उहांले अन्य सहयोगी मनहरुलाई समेत यस सेन्टरको विकासमा लागि आवश्यक सहयोग गरिदिनुहन आग्रह गर्नुभएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुुुच्छेबहादुर मर्हजनले अटिजम भएका बालबालिकाको शिक्षा र प्राविधिक सिपका लागि आफ्नो तर्फबाट स्थानीय तहमा आवश्यक नीति तर्जुमा गरी शिक्षण सिकाई क्रियाकलापमा सहभागी बनाउने कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख तथा सूचना अघिकारी रक्ष्मी श्रेष्ठले नगरपालिकामा ६० भन्दा बढि बालबालिकामा अटिजमको अवस्था रहेपनि उचित केयर सेन्टरको व्यवस्थापन नभएका कारण अभिभावनहरु घरमै हेर्न बाध्य भएको बताउनुुभयो । उहाँले आगामी दिनहरुमा सरकारी स्तरबाट यस सम्बन्धमा केही प्रयासहरु हुन थालेको भन्दै यसलाई अझै शंसक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । अझै पनि यस्ता बाललालिकाहरु सामाजिक सुरक्षामा समेत जोडिन नसक्ने प्रति अधिृकत श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडा सदस्य केशव गिरीले घर परिवारमा एक जना बच्चामा अटिजम हुदाँ सिंगो परिवार नै अव्यवस्थित बन्न सक्ने हुदाँ समयमै उनीहरुलाई व्यवहारिक सिप र सिकाईमा परिणत गर्न त्यतिकै महत्वपूर्ण हुने बताउँनुभयो । सदस्य गिरीले बालबालिकाको हेरचाह गर्नुपर्दा अभिभावकले समेत रोजगारी गुमाएर बस्नुपर्दाको जटिल समस्या अवगत गराउँदै नगरपालिकामा पहिलो पटक सञ्चालित यस अटिजम सेन्टरको लाभ लक्षित अभिावकहरुले लिई दिउँसोको फुर्सद समयमा आर्यआर्जन गर्नमा लाग्नुु पर्ने सुुझाव दिनुुभयो ।
गिरीले अभिभावक, समाज, सरोरकारवाला निकाय तथा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरी नगरपालिकाको विधायन समितिबाटै यस आर्थिक वर्षको नीति तथा कार्यक्रममै अटिजम, बौद्धिक अपांगता भएका बालबालिकाको हेरचाहका लागि आवश्यक पहल गर्ने नीतिगत व्यवस्थाको सुुरुवात गरिएको बताउँनुुभयो ।
महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष तथा अभिभावक गिता कुमारी घिमिरेले आफुलाई परेको समस्या अन्य अभिभावकलाई समेत नहोस भनेर स्थनानिय स्तरमै केयर सेन्टर सञ्चालन गरिएको बताउनुुभयो । उहाँले समूहमा आवद्ध महिलाहरुको लागानीमा सेन्टर सञ्चालन गरिएको बताउनुुभयो । सेन्टरमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने विभिन्न, थेरापीका माध्यमबाट शिक्षण सिकाई गरिदैं आएको बताउनुुभयो । चन्द्रागिरी नगरपालिका र आसपासका पालिकामा समेत अटिजम अवस्थाका बालबालिका भएपनि यातायातको साधनको अभावका कारण सबै बालबालिकालाई समेट्न नसकिएको भन्दै आगामी दिनमा साधनको व्यवस्थापन हुन सकेमा ३० जनासम्म बालबालिकालाई सेवा दिन सकिने बताउनुुभयो ।

कार्यक्रममा आफ्नो जन्मदिनको अवसरमा युवा समाजसेवी एवम् भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुुधारा सञ्चालक तथा देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले अटिजम केयर सेन्टर सञ्चालनको लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
समावसेवी गणेश गिरीले अटिजम, बौद्धिक अपांगता केयर सेन्टरका लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कार्यक्रममा चन्द्रागिरी नगरपालिका कार्यपालिका सदस्यज्यूहरु तथा वडा सदस्यज्यूूहरु, नहुँदा महिला स्वास्थ्य क्लिनिककी अध्यक्ष चमेली महर्जन, समाजसेवी शंकर खड्कालगायतको सहभागिता भएको थियो ।