इन्द्रेणी फाउण्डेशनबाट अटिजम केयर सेन्टरलाई सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत अटिजम (बौद्धिक आङगता) केयर सेन्टरका लागि आर्थिक सहयोग गरेको छ । फाउण्डेसनले इन्द्रेणी कार्यक्रम छायाङकन स्टुडियोमा एक कार्यक्रमका बीच अटिजम केयर सेन्टरलाई १ लाख ५ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

महिला उत्प्रेरण विकास मञ्च चन्द्रागिरी नगरपालिका सञ्चालित अटिजम (बौद्धिक अपाङगता) केयर सेन्टरको लागि कृष्ण कंडेल इन्द्रेणी फाण्उडेशन मार्फत सहयोग रकम हस्तान्तरण भएको हो । अटिजम केयर सेन्टर सञ्चालनका लागि थप सहयोस पुगोस भनेर सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउँनुभयो ।

उहाँले अटिजम भएका बालबालिकाका लागि राज्यस्तरबाट आवश्यक ध्यान पुग्न नस्कदाँ समस्यामा परेका भन्दै महिलाहरुले सञ्चालन गरेको केयर सेन्टरलाई थप हौसला मिलोस भनेर सहयोग दिएको बताउँनुभयो ।

बालबालिकाको शैक्षिक सिकाई प्रक्रिया तथा व्यवस्थापनका लागि आवश्यक पर्ने टेबुल कुर्ची, डेक्स, बेञ्च, वैज्ञानिक खेलौनाहरु, प्रिन्टरलगायतका सामान खरिद गर्नका लागि रकम दिएको स्पष्ट पार्नुभयो ।
यो संस्थामा आवद्ध महिलाले अटिजम भएका बालबालिका र तीनका परिवारको दैनिकी सहज होस् भनेर केयर सेन्टर सञ्चालन गरेको जनाएका छन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष गिता घिमिरेले सामाजिक अभियानमा दुई दशक देखि निरन्तर क्रियाशिल यस फाण्उडेशनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले हाम्रो सुरुवाती सानो सामाजिक प्रयासलाई साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष घिमिरेले लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवारप्रति धन्यवाद दिर्दै सामाजिक कामको उच्च प्रशंसा गरी इन्द्रेणी कार्यक्रम हिमालयन टेलिभिजन, इन्द्रेणी युटुव र इन्द्रेणी डटकम न्यूज फोटल मार्फत हेनुहुर्ने दर्शक र सम्र्पूण पाठक महानुभावहरुप्रति आगामी दिनमा पनि सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षासहित हार्दिक कृत्ज्ञता व्यक्त गर्नुभयो ।

यो सेन्टर साउन २५ गतेदेखि चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बुमा सञ्चालनमा आएको छ ।आर्थिक अभावका कारण सवारी साधन व्यवस्थापन हुन नस्कदाँ यस क्षेत्रका बालबालिकालाई सेन्टरसम्म पु¥याउन थप समस्या भएको अभिावकहरुको गुनासो छ । राज्य वा विभिन्न संघसंस्था, समुदाय वा व्यक्तिहरुबाट उचित सहयोग प्राप्त भई बालबालिका बोक्ने भ्यानको व्यवस्थपन हुन सकेमा सबैलाई सहज हुने उनीहरुको सुभाव छ । जसका लागि सम्न्धीत निकायको समेत समयमै ध्यान जान सकेमा अटिजम भएका बालबालिकाकौ सिकाई प्रक्रियामा सेवा पुगी दैनिकी केही सहज हुने अपेक्षा गरिएको छ ।

फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो ।

इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

इन्द्रेणीका सम्पूर्ण कार्यक्रमहरु इन्द्रेणीयुटुव च्यानल मार्फत आफुलाई मन लागेको समयमा विश्वको जुनसुकै स्थानबाट समेत हेर्न सकिन्छ ।

सहयोग हस्तान्तरणको विवरण
१ मिसन शेर्मा २० हजार अटिजम समस्या पाँचथर
२ ओमप्रसाद साह २० हजार मृगौला प्रत्यारोपण रौतहट
३ सुरेश विक २५ हजार रगत क्यान्सर दैलेख
४ कर्णबहादुर मगर २५ हजार खुट्टामा क्यान्सर
५ सुरज राई २५ हजार विरामी विपन्न कोटेश्वर
६ अटिजम (बौद्धिक अपाङगता) केयर सेन्टर चन्द्रागिरी १२ काठमाडौं
७ हर्षल बुढा २५ हजार सर्पले टोकेको