प्रधानमन्त्री प्रचण्ड अमेरिकामा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो। 

प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले  स्वागत गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री  ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको हो।