बाढीबाट भारतीय सेनाका २३ जना बेपत्ता


छिमेकी मुलुुक भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएको जनाइएको छ । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको भाारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको हो ।
जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् । लगातारको वर्षाका कारण नेपालका साथै भारतको समेत जनजिवन प्रभावित भएको छ ।