शेयर धितो कर्जाको सिमा बढ्यो


नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सिमा सामान्य बढाएको छ। केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सिमा १५ कराड पुर्याएको छ भने संस्थागत लगानीकर्ताले लिने शेयर धितो कर्जाको सिमा २० करोड पुर्याएको छ।

ूकुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।ू राष्ट्र बेंकले जारी गरेको परिपत्रमा भनिएको छ।