इन्द्रेणी मार्फत भूकम्पप्रभावितलाई १० लाख ५५ हजार आर्थिक सहयोग


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई १० लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण भएको छ । फाण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितको उद्दार र राहातमा खटिने क्रममा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सञ्चालक कंडेलले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै रुकुम पश्चिम आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही मार्फत ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । जाजरकोटकी कल्पना केसीलाई ५ हजार रुपैयाँ र सो स्थानकी परिवारका ४ सदस्य गुमाएकी सरस्वती जैसीलाई २० हजार रुपैयाँ आर्थिक हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

यस्तै रुकुम पश्चिम आठविसकोट नगरपालिकाकी कमला विक चवान र सोही स्थानकी कल्पना विकलाई १५\१५ हजार रुपैयाँ हस्तान्तरण गरिएको फाउण्डेशनकी सहायक व्यवस्थापक तथा गायिका भूमिका बयकले बताउनुभयो ।
४ दिनको उद्दार र राहात विवरण कार्यक्रमबाट राजधानी फकिर्नुभएका समाजसेवी कृष्ण कंडेलले विनासकारी भूकम्पपछिको उद्दार र राहातमा सरकारले प्राथमिकताका साथ काम गरेको समेत बातउनुभयो । उहाँले राज्यस्तरबाट उनीहरुको पुर्नवास र आवासको लागि छिट्टै नीतिगत व्यवस्था गरि छिटो व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले विभिन्न समस्यामा परेकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने गरेको छ । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरु लगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

 

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

 

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो ।

 

इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई हस्तान्तरण गर्ने गरेको छ ।

 

इन्द्रेणीका सम्पूर्ण कार्यक्रमहरु इन्द्रेणीयुटुव च्यानल मार्फत आफुलाई मन लागेको समयमा विश्वको जुनसुकै स्थानबाट समेत हेर्न सकिन्छ ।
फोटो : दिपक घिमिरे, प्राविधिक प्रमुख