युुवा क्लवबाट पालिकालाई एमबुलेन्स हस्तान्तरण


काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाँउपालिका वडा नम्बर ३ माझिफेदामा इन्द्रेणीका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुती गरेका छन् । युवा समर्थन, गाँउ परिवर्तन भन्ने मुल नाराका साथ परिवर्तन यवा क्लवले आयोजना गरेको बृहत्त सांस्कृतिक कार्यक्रममा इन्द्रेणीका कलाकारले आफ्नो प्रस्तुुती देखाएका हुन । साथै सो कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री रत्न ढकालले समाज सेवामा मानवीय सेवाका लागि सहयोग होस भनेर एम्वुलेन्स हस्तान्तरण हुुनुराम्रो पक्ष रहेको भन्दै युवा वर्गलाई धन्यवाद समेत दिनुुभयो ।

कार्यक्रममा चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेनुका चौलागाई विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुदै उपचारमा सहज हुुनुका साथै छिटोछरितो हुने बताउनुुभयो । सांस्कृतिक कार्यक्रममा स्थानीय विद्यार्थी तथा कलाकारहरुले समेत विशेष प्रस्तती राखेका थिए । साथै कार्यक्रममा इन्द्रेणी कार्यक्रमका कलाकारका साथमा वालकलाकार आयषा गौतमुले आफ्नो कला प्रस्ुतती गरेकी थिइन । साथै अन्य कलाकारहरुमा प्रकाश कटुुवाल, सरोज लामिछाने, प्रतिमा अर्याल, सुवोध गौतमलगायतले निकै रोचक र घोचा प्रस्तती राखेका थिए । युुवा क्लवको सक्रियतामा पालिकालाई एम्वुलेन्स हस्तान्तरण भएकोमा स्थानीयले सक्रिय युवाहरुलाई धन्यवाद समेत व्यक्त गरे ।