दोहोरी साँझमा आगलागी


पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ ।

पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा बुधबार बिहान विद्युत सर्ट भई आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामान जलेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बिहान करिब ६ बजे लागेको आगो सवा ७ बजेतिर प्रहरी र स्थानीयको प्रयासबाट नियन्त्रणमा आएको थियो ।