अमेरिकामा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सांस्कृतिका कार्यक्रममा व्यस्त


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा लोकसप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल एक महिना देखि अमेरिकाका विभिन्न सहरमा नेपाली मौलिक लोक गीतसंगीतको जर्गेना गर्ने क्रममा छन् । अध्यक्ष कंडेल अमेरिकामा रहेका नेपाली समुदायका आयो्जना गरेको विभिन्न सांगीतिक कार्यक्रममा सहभागी भई निकै आर्कषक प्रस्तुती समेत दिने गरेका छन् ।

अमेरिकाको बोस्टन सहरमा रहेको ‘बोस्टन लोक सुसेली समूह’ले आयोजना गरेकोे सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ समेत सम्पन्न भएको छ । संस्थाद्वारा स्थापना गरिएको ‘इन्द्रेणी कोष’को सहयोगार्थ, ५९४ वासिन्टरन स्टेरियमस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीले बताएका छन् ।

गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएता पनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिएको उनको भनाई छ । उनका अनुसार कलाकारहरुले कार्यक्रममा पुराना लोकप्रीय श्रष्टाहरुको सम्मान र सम्झना गर्दै उनीहरुको गीतहरु पनि गाएका थिए ।

सो कार्यक्रमका प्रमुख आकर्षक नेपाली लोक तथा दोहोरी गीत संगीतको कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक तथा नेपाली लोक तथा दोहोरी गीत गायक कृष्ण कंडेलको विशेष उपस्थीती रहयो । यतिबेला कंडेल अमेरिकाको विभिन्न सहरमा पुगेर सांगीतिक कार्यक्रमहरु गर्दै नेपाली समुदायसंग साक्षात्कार गर्ने दौडाहा अभियानमा व्यस्त छन् ।

त्यसैगरी, चर्चित लोक तथा दोहोरी गायिका निशा सुनार, गायक बिमल डाँगी र संगिता थापा न्युयोर्कबाट नै कार्यक्रम स्थलमा आएका थिए । कार्यक्रममा लोक तथा दोहोरी गीत गायक कृष्ण कंडेल, निशा सुनार, बिमल डाँगी, मिन केसी, संगिता थापा, शान्ता थापालगायत कलाकारहरुले न्यूइंग्ल्याण्डवासीहरुसंग साक्षात्कार गर्दै आफ्ना सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका हुन ।

कलाकार र बिषेश अतिथिलाई समेत आयोजकको तर्फबाट धन्यबाद ज्ञापन गरेका छन् । ‘बोस्टन लोक दोहोरी समूह’ अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा बस्ने प्रवासी नेपाली कलाकारहरु आबद्ध गैर मूनाफारहित संस्था हो । यसको स्थापना सन् २००७ मा नेपाली लोक तथा दोहोरी गीत÷संगीतको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न सक्दो योगदान पुर्याउने मुख्य उद्देश्यले भएको थियो ।

संस्थाले नेपाली लोक तथा दोहोरी गीत गायक तथा समाजसेवीको परिचय स्थापित गराउन सफल कृष्ण कंडेल र उनीद्वारा सञ्चालित लोकप्रीय कार्यक्रम ’इन्द्रेणी’लाई सक्दो नियमित आर्थिक सहयोग गर्ने हेतुले सन् २०१७ मा ‘इन्द्रेणी कोष’को स्थापना गरेको हो ।

पुराना कालाकाल तथा नयाँ कलाकारहरुले कृष्ण कंडेललाई अमेरिकामा भेटेन पाउदै निकै खुशी व्यक्त गरेका छन् । ५०को दशकमा टेलिभिजन मार्फत लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने वरिष्ठ कलाकार रामप्रसाद खनाल र अध्यक्ष कंडेलको समेत अमेरिकामा भेट भएको छ ।