त्रिशूली नदीमा गाडी खस्यो


नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मगलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ । मुग्लिनवाट नारायणगढ तर्फ आउदै गरेको विआर ०९ जिसी१४३० नम्बरको बलेरो विहान करिब ४ः४० मा त्रिशूलीमा खसेको ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

सिङ्गल क्याबिन भएको बलेरो भए पनि त्यसमा मानिस नभेटिएको उहाँले जनाउनुभयो । त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई आएपछि प्रहरीले गोताखोर लगाएर पानी भित्र गाडीको पहिचान गरेको बताइएको छ ।

इच्छाकामना ५ मुग्लिङ नारायणगढ सडक खण्डको तिन नम्बर पुल नजिक सडकबाट ८०र८५ मिटर तल त्रिशूली नदीमा बलेरो खसेको हो । नारायणगढमा बसेको बिपद व्यवस्थापनको डुङ्गा सहितको टोली र सशस्त्र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको टोली अहिले घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।