प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


प्रधानमन्त्री प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्कीनुभएको छ ।
युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्कीनुभएको हो । प्रधानमन्त्री माघ ४ गते युगान्डा प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न आग्रह गर्नुभएको छ । विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपालीलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको स्पष्ट पार्नुभयो ।
युगाण्डाबाट स्वदेश फर्केपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीले रूस र युक्रेनको सेनामा नेपालीहरू भर्ती भएको विषय लक्षित गर्दै जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने बताउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको स्पष्ट पार्नुभएको हो ।