दलितले अन्तरजातीय बिबाह गरेकै कारण मारिनु पर्ने ?


दिपक के.सी., काठमाण्डौं । ८ बर्षदेखी एउटा हस्पिीटलको सवगृह कुरेर बसेको लासले दाहासस्कारको समय कुरिरहेको छ । घरमा बाउआमाले त्यो लासले कहिले न्याय पाउँछ भनेर रुनु र कुर्नु सिवाय अरु बिकल्प छैन । यो प्रशंग हो अजित मिजार हत्याकाण्ड । अन्तरजातीय बिवाह गरेकै कारण अजित मिजार देशमा केहि गर्नुपर्छ भनेर हुटहुटी भएको युवाले आज ज्यान गुमाउनु प¥यो । यसो हेरौंत यो हत्याकाण्डले के दखाउँछ । देशमा कानुन निर्माण गर्ने कानुनी निकायका व्याक्तीहरु कानमा तेल हालेर बसेका छन् । के यो देशमा दलितका लागी कानुन छैन ? ल मानौ कानुन त बने तर कर्यन्वयन कहिले हुन्छ ।

यो देशमा दलितका लागी सबै न्यायलयका ढोका बन्द भएकै हुन त ? दलितले न्याय कहिले पाउने ? आज दलितले अन्तरजातीय बिबाह गरेकै कारण मारिनु पर्ने ? बलत्कारीको बिल्ला भिड्नुपर्ने ? के यो देशमा दलितले शान्ति सँग बाँच्न पाउने अधिकार छैन ? दलित भएकै कारण अन्याय अत्याचार दमन सहनु पर्ने ? यस्ता कुरा थुप्रै छन त्यही बिचबाट पनि कर्णालीबाट एउटा आवाज उठेको छ । देशभर बाट कुनै पनि दलित समुदायका व्यक्तीहरु मरिनु पर्ने छैन अब कुनै पनि दलितले हेपिनुपर्ने छैन भन्ने अवाज बुलन्द गर्दै दलितका लागी दलितले उठाएको मुद्याले पक्कै पनि किनारा भेट्ने छ । यदि राज्य गम्भीर भएर घटनाको सत्यतथ्य छानबिन तर्फ नलागे दलितहरुले यो घटनाको बद्ला लिने बताएका छन् । अजित मिजार हत्याकााण्ड २०७३ घटनाको वास्तविकता र न्यायिक आन्दोलन बारे पत्रकार सम्मेलन मा बोल्दै दलितका लागी दलित आन्दोलनका अभियान्ता खगेन्द्र सुनारले यस्तो बताएका हुन् ।

उन्ले अजितको लासलाई पोष्टमाटमनै नगरी यो हत्या नभई आत्महत्या भएको भन्ने डा. अमृता श्रेष्ठको अभिव्यक्ती प्रति खेद प्रकट गरेका छन् । उन्ले डा. श्रेष्ठको इमान्दारिता, जिम्मेवार र कर्तव्य प्रति प्रश्न उठाउँदै उहाँकै पोष्टमाटम गरिदिने चेतावनी दिएका छन् । कर्णाली र नवराजलाई जितेर अजितको लास उठाउने तयारीका साथ यो आन्दोलनमा होमिएको सुनारको भनाई छ । मान्छे उठाएर लगेर मारेर फालेको मुद्यालाई लिएर ८ बर्ष सम्म एक जना मानिस हस्पिटलको फ्रीजमा पोका पारिएको लास चानचुने कुरा नभएको सुनारले बताए । काठमाण्डौंमा एउटा आन्दोलनको प्रारम्भ भएको भन्दै मरेको लास कुरेर त्यो माथि दलित जिउदो लास भएर नबस्न आग्रह गर्दै काठमाण्डौंमा एउटा झिल्को प्रारम्भ भएको सुनारको भनाई छ । मुर्दाघरमा अजितको लास सँगै लास भएर सुत्न तयार भएको सुनारले बताएका छन् । यदि अजितको हत्यारालाई कार्बाहि नगरे हत्याराको अंगभग परिदिने सुनारले चेतावनी दिएका छन् ।

दलितको सँख्या लोपउन्मुख जाती राउटेको सँख्यामा नभएको भन्दै राज्यले यि दलितलाई बिर्सन नहुने बताएका छन् । उन्ले भने हजारौ बर्षदेखि राज्यको मुलधारबाट तल पारिएका दलित जनताले न्याय पाउने बताएका छन् । उन्ले आज दलित भएकै कारण दलित माथी हत्या हिंसा बलात्कार जस्ता जगन्य अपराध गरिएको छ यस्को प्रतिकारका निमित्त दिलितहरु बिउझन आग्रह गरेका छन् । उन्ले हत्यारा बलत्कारीले जसरी आमाबुबालाई आँसुमा डुबाएका छन त्यसरी नै भोटेकोसिमा डुबाएर ज्यानको बद्ला ज्यान लिने चेतावनी दिएका छन् । यसैगरी यो हत्याकाण्डमा राज्य निरिह भएको भन्दै न्याय सम्पादन गर्ने न्यायलय मुदर्शक भएर हेरेको एमालेका नेता जितु गौतमले बताएका छन् । ७ बर्षदेखी रुनु सिवाय अरु केहि बिकल्प छैन अजित मिजारको आमाको । दैनिक जिवन यापनका लागी बिभिन्न कष्ट भोग्दै आएकी अजितकी आमा छोरा गुमाउनुको पीडा मनभरी बोकेर न्यायको आश मार्नुभएको छैन ।

अजित हत्याको घटनाक्रम :
१.२०७३ असार २५ गते अजित र उनकी प्रेमिका बिच प्रेम विवाह ।
२.२०७३ असार २७ गते उमेर नपुगी बिहे गरेको भन्दै माइती पक्षको दवाबमा प्रहरी कार्यलयमा छुटाउने सहमती ।
३.२०७३ असार २८ गते अजित र उनकी आमा सहित परिवारका सदस्यहरुलाई फोनबाट धम्की ।
४.२०७३ असार २९ गते बिभिन्न अपरिचित व्यक्ति अजितको घरमा आएर सोधखोज, अजित बेपत्ता ।
५.२०७३ असार २९ गते कल्पना पाराजुलीका बुबा भोज ब. पराजुलीको साथी भनिने कन्हैया कर्मचार्यबाट अजितको मोवाइलमा बारम्बार फोन ।
६.२०७३ असार ३० गते धादिङको जंगलमा अजित झुण्डीएको अवस्थामा फेला ।
७.२०७३ साउन १ गते त्रिशुली नदिको किनारमा प्रहरीद्धारा सव गाडिएको
८.२०७३ साउन २ गते मृतकको परिवार तथा अधिकारकर्मीको दवाबमा शवको उत्खनन् ।
९.२०७३ साउन ४ गते शिक्षण अस्पतालमा शव पोष्टमार्टम गरेको फर्जी कागज तयार ।
१०. २०७३ साउन १५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा अजितको परिवाद्धारा हत्यामा संलग्नलाई कार्बाहिको माग गर्दै किटानी जाहेरी ।
११. २०७३ भदौमा अजितको हत्या भएको भन्दै न्यायका लागी व्यापक बिरोध रबहस ।
१२.२०७३ भदौमा तत्कालीन व्यवस्थापिका संसद सदस्य कमला दोङको संयोजकत्वमा छानविन उपसमिती गठन ।
१३. २०७३ असोजमा उपसमितीद्धारा अजितको हत्या भएको र प्रहरीले सबुत नस्ट गरेको ठहरसहितको प्रतिबेदन ।
१४.२०७३ असोज ६ गते जिल्ला अदालत धादिङद्धारा किशोरीका बुबा भोजबहादुर पराजुलीलाई कारागार चलान गर्न र दिदि सम्झना पाराजुली तथा काका पर्ने टेक ब.पराजुलीलाई धरौटिमा छाड्ने आदेश ।
१५. २०७३ पुस २८ गते भोज बहादुर लाई धरौटिमा छाड्न अदालतको आदेश ।
१६. २०७३ माघ ६ गते तत्कालीन खेलकुद मन्त्री दलजित श्रीपालीको संयोजकत्वमा छानबिन समिती गठन ।
१७. २०७३ फागुनमा श्रीपाली नेतृत्वको समितिबाट पनि हत्या भएको निष्कर्ष सहित किटानि गरेर प्रतिवेदन तयार ।
१८.२०७५ जेठ २० गते प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङद्धारा तिनै आरोपीलाइृ सफाई ।
१९.२०७९ वेशाख १२ गते उच्च अदालत पाटनद्धारा जिल्लाकै आदेश सदर ।
२०.२०८० बैशाख २२ गते अजितका बुवा हरिभक्त ढकालद्धारा उच्च अदालतले गरेको फैसला दोहो¥यायर हेर्न माग गर्दै सर्बोच्च अदालतमा निवेदन ।