कालीमाटीमा आज तरकारीको मुल्य कति छ ?


कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको भाउ सामान्य घटबढदेखि केही तरकारी तथा फलफूलको भाउ स्थिर छ। आज नेपाली र भारतीय गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। हिजो पनि सोही भाउ कायम थियो। त्यस्तै सानो लोकल र टनेलको गोलभेँडा २० देखि २५ रूपैयाँ प्रतिकिलो छ। दुवै गोलभेँडाको हिजोको भाउ १५ देखि २० रूपैयाँ प्रतिकिलो थियो। त्यस्तै रातो आलुको भाउ पनि स्थिर प्रतिकिलो ३३ देखि ३५ रूपैयाँ निर्धारण गरिएको छ। भारतीय रातो आलुको भाउ २८ देखि ३० रूपैयाँ प्रतिकिलो छ।

भारतीय सुकेको प्याजको भाउ ७५ देखि ८० रूपैयाँ किलो छ। मूल्यसूचीअनुसार आज बन्दाभन्दा काउली झन्डै दोब्बर महँगो छ। लोकल बन्दाको भाउ २५ देखी ३५ रूपैयाँ र नरिबल बन्दाको भाउ २० देखि ३० रूपैयाँ प्रतिकिलो कायम रहँदा लोकल काउलीको भाउ ४० देखि ५० रूपैयाँ र ज्यापु काउलीको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। त्यस्तै मटरकोशा प्रतिकिलो ९० देखि १०० रूपैयाँ, लोकल घिउ सिमी ४० देखि ५० रूपैयाँ, तितो करेला १२० देखि १३० रूपैयाँ, घिरौंला ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ। सागहरूमा रायोको साग ३० देखि ४० रूपैयाँ प्रतिकिलो,तोरीको साग ४० देखि ५० रूपैयाँ, जिरीको साग ८० देखि ९० रूपैयाँ, पालुगो, चमसुर, मेथी र सौफको साग ९० देखि १०० रूपैँयाँ प्रतिकिलो छ।