फाइनलमा लिभरपुल र चेल्सी भिड्ने पक्का


काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने पक्का भएको छ । बुधबार राति लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–२ को जीत हासिल गरेको हो । पहिलो लेगमा २–१ को अग्रता लिएर काराभान कटेज आएको लिभरपुलका लागि लुइस डियाजले ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर, ७६ औँ मिनेटमा इसा डियोपले बराबरी गोल फर्काए ।

फुलहमले थप गोल गरेको भए खेल अतिरिक्त समयमा पुग्ने थियो तर त्यसपछि कुनै गोल हुन सकेन । अब २५ फेब्रुअरीमा वेम्बले स्टेडियममा फाइनल खेल हुनेछ । मंगलबार मिल्डसब्रोलाई ६–१ गोलले हराउँदै चेल्सी फाइनलमा पुगेको थियो । रातोपाटीबाट…