आज तरकारीको भाउ कति छ ?


नेपाली ठूलो गोलभेँडाको तुलनामा भारतीय ठूलो गोलभेँडाको भाउ फेरि महँगिएको छ। केही दिनदेखि नेपाली र भारतीय ठूलो गोलभेँडाको भाउ समान रहँदै आएकोमा बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेँडा किलोमा १० रूपैयाँ महँगिएको हो। मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ किलो कायम रहँदा भारतीय ठूलो गोलभेँडाको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

नेपाली सानो गोलभेँडाको भाउ २० देखि ३० रूपैयाँ प्रतिकिलो तोकिएको छ भने भारतीय सानो गोलभेँडाको भाउ २५ देखि ३० रूपैयाँ प्रतिकिलो तोकिएको छ। आज रातो आलुको भाउ सामान्य घटेको छ। किलोको ३३ देखि ३५ रूपैयाँमा कारोबार हुँदै आएको रातो आलुको भाउ आज ३० देखि ३३ रूपैयाँ छ। भारतीय रो आलुको भाउ २ रूपैयाँ घटेर प्रतिकिलो २८ देखि३० रूपैयाँ तोकिएको छ। भारतीय प्याजको भाउ भने आज पनि स्थिर छस किलोको ७५ देखि ८० रूपैयाँ मूल्य तोकिएको छ। त्यस्तै बन्दा, काउली, गाजर, मुला, भन्टा लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन ।

मटरकोशाको भाउ भने किलोमा २० रूपैयाँले बढेको छ। बुधबार ९० देखि १०० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको आजको भाउ ११० देखि १२० रूपैयाँ प्रतिकिलो छ। तितो करेलाको भाउ किलोमा १० रूपैयाँ घटेको छ। आज यसको भाउ ११० देखि १२० रूपैयाँ प्रतिकिलो छ। रायोको साग १० रूपैयाँ महँगिएर किलोको ४० देखि ५० रूपैयाँ, तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, चमसुर, मेथी र सौफको सागको भाउ स्थिर रही किलोको ९० देखि १०० रूपैयाँ तोकिएको छ। सेतोपाटीबाट…