आहा रारा गोल्डकपअन्तर्गत नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश


पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको एपिएफसँगको प्रतिस्पर्धामा पुलिस २–० गोल अन्तरले विजयी भएको हो । पुलिसका लागि दुवै गोल मानबहादुर परियारले गरेका हुन् । खेलाको १९ औँ मिनेटमा प्रताप गुरुङको प्रहारलाई हेड मार्फत जाली चुमाएका परियारले दोस्रो हाफको ७१ औँ मिनेटमा दोस्रो गोल गरे ।

पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा एपीएफ प्रिक्वाटरबाटै बाहिरिएको छ । जितसँगै पुलिसले माघ १६ गते चर्च ब्वाइजसँग क्वाटरफाइनल प्रतिस्पर्धा गर्ने छ । विदेशी पाहुना टोली भुटानको पारो एफसी र थ्रिस्टारबिच शनिबार पहिलो क्वाटरफाइनल खेल हुनेछ । रातोपाटीबाट…