![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/01/milan.jpg?fit=900%2C900&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/01/milan.jpg?fit=900%2C900&ssl=1)
मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होसार नयाँ वर्ष को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस वर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा हुने भएको छ । यसको लागि नेपालबाट कलाकारहरू आउने क्रम सुरु भएको छ । यसै क्रममा नेपालका चर्चित गायक तथा सर्जक मिलन लामा पनि क्यालिफोर्निया आइपुगेको आयोजक संस्थाका अध्यक्ष सुरज पाख्रिनले बताए । कार्यक्रमको तयारी पनि लगभग अन्तिम चरण उनले बताए । मेयर एडुआर्डो मार्टिनेजले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।
यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको तालमा विशेष प्रस्तुति टेक्सासबाट आउने गायक सर्जक छिरिङ तामाङ, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोकप्रिय गायक मिलन लामाको शानदार प्रस्तुति रहने समेत अध्यक्ष पाख्रिनले बताए ।