पहिलो क्वार्टरफाइनल खेलमा पाहुना टोली भुटानको पारो एफसी र थ्रीस्टार क्लब आमनेसामने


पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा शनिबारदेखि क्वार्टरफाइनलका चरणका खेल सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनल खेलमा पाहुना टोली भुटानको पारो एफसी र थ्रीस्टार क्लब आमनेसामने हुनेछन्। खेल पोखरा रंगशालाको फुटबल मैदानमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। थ्रीस्टारले प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पारोसँगको भिडन्त पक्का गरेको हो।भुटानको लिग च्याम्यिन पारो भने सिधैं क्वार्टरफाइन प्रवेश गरेको टोली हो। पारोले पहिलो पटक आहारारा पोखरा गोल्डकपमा सहभागिता जनाएको छ। पारो र थ्रीस्टारबीचको खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

प्रतियोगितामा भुटानको पारोसहित १२ टिमको सहभागिता छ। प्रिक्वार्टरफाइनलबाट आयोजक सहारा क्लबसँगै राइजिङ स्टार, मछिन्द्र र एपीएफ बाहिरिएका छन्। माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। देशसञ्चारबाट…