नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै, तराईका अधिकांश स्थानहरू हुस्सुरकुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उसले बताएको छ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। सेतोपाटीबाट…