निफ्राले घटायो ब्याजदर


नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले पनि निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । कम्पनीले मंगलबार ९३० जनवरी० देखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरिएको सार्वजनिक सूचनामार्फत जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै निफ्राले पनि घटाएको हो । अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८।५ प्रतिशत र संस्थागततर्फ ६।७५ प्रतिशत ब्याज दिनेछ । हालसम्म व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७।२५ प्रतिशत ब्याज दिँदै आएको थियो ।

निफ्राले कम्तीमा ५ वर्ष अवधिको निक्षेप मात्रै संकलन गर्दछ । त्यस्तै व्यक्तिले कम्तीमा १ करोड र संस्थाहरुले कम्तीमा ५ करोड रुपैयाँ निक्षेप जम्मा गर्नुपर्नेछ । निफ्राले सोभन्दा कम रकमको निक्षेप संकलन गर्दैन ।

कम्पनीले लामो अवधिको ठूलो ठूलो रकमको निक्षेप संकलन गरी विभिन्न आयोजना तथा पूर्वाधारहरुमा ऋण प्रदान गर्दछ । कम्पनीले प्रदान गर्ने आयोजनाको ऋणमा ११ देखि १४ प्रतिशतसम्म ब्याजदर रहेको जनाएको छ । अनलाइनखबरबाट…