साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया क्वाटरफाइनलमा प्रवेश


पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो । दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो । ४६ औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए ।

दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले । त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो । दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ । रातोपाटीबाट…