अजित मिजारको आत्महत्या नभई हत्या नै हो: पीडित


दिपक के.सी., काठमाण्डौं । अजित मिजारको हत्या प्रकरण र संसदिय न्याय प्रर्णाली बिषयक सो कार्यक्रममा बोल्दै बार यसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अजित मिजारका बुबा आमालाई उदृत गर्दै न्यायका लागी लडाई गर्दै गर्दा छोराको लागीमात्र न्याय प्राप्त नगर्ने बताएका छन् । घिमिरेले न्यायको निम्ती लडेको लडाइले भिबिष्यमा आउने अरु मुद्याको लागी न्यायीक बाटो अंगिकार गर्ने बताए । यो प्रकरणको अनुसन्धानमा गम्भिर त्रुटी भएको भन्दै यस्ला सच्याउनुपर्ने अधिबक्ता मोहन सासंखर बताएका छन् ।
यस्ता प्रकृतिका घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको न्यायीक पर्णाली लामो र दुखद भएको म्यासेज जाने राष्ट्रिय मानबअधिकार आयोगका यज्ञमणी अधिकारीले बताएका छन् । उन्ले मानव अधिकार आयोगबाट सहयोग हुने भन्दै प्रतिबद्धता व्यक्त गरेका छन् । अजित मिजारको आत्महत्या नभइ हत्या नै भएको काभ्रे निवासी कृष्ण सिवाले बताएका छन् । यो हत्यालाई बिभिन्न भ्रमका साथ अत्महत्या बनाउन खोजिएको भन्दै दुख ब्याक्त गरेका छन् । न्यायको लडाइ जिवनप्रयन्त अन्तिम निर्णायक मोडसम्म नपुगुञ्जेल लडने सिवाले बताएका छन् ।
एक जना दलित युवाको यत्याको बिरुद्धमा न्याय माग्दै हिंडेको तितो यथार्त लिएर आएको दलित मुक्ती मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले बताएका छन् । उन्ले अजित मिजारको लासमाथी गरिएको न्यायिक पर्णाली स्वीकार्य नभएको बताएका छन् । नेपालीले अजित मिजारको मात्रै नभइ पुरै दलित समुदायमाथी राज्यको न्यायलयले हेर्ने दृष्टीको फरक भएको बताएका छन् । उन्ले राज्यको न्याय प्रर्णालीले दलित समुदायको अपमान गरेको बताएका छन् ।