वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा: ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले काम गर्न नसकेको बताए। उनले एमाले सरकारमा जान हतार भने नगर्ने बताएका छन्। ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको टिप्पणी गरेका छन्। ‘एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेका छन्। गठबन्धन दलहरूलाई देश बनाउनेभन्दा पनि गठबन्धन जोगाउनेको मात्रै ध्यान छ,’ ओलीले भने।

ओलीले विकासका काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन्। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले आग्रह गरेका थिए। गठबन्धनले क्षमता हरेर नभई गठबन्धको हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनको आरोप छ। न्युज एजेन्सी नेपाल…