दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दैछन्


पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ । पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ । आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।

प्रतियोगितामा आर्मी अहिलेसम्म उपाधिविहीन छ भने गतवर्षबाट मात्रै प्रतियोगितामा समेटिएको चर्च ब्वाइज पहिलो वर्ष नै सेमीफाइनलसम्म खेलेको थियो । यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरू मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् । चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग ९एनएसल०मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।

प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गतवर्ष संकटा क्लब काठमाडौँले उपाधि जितेको थियो । रोतोपाटीबाट…