यस्तो छ आजको तरकारीको मुल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज लोकल गोलभेँडा सानो प्रतिकिलो २८ रुपैयाँ ३३ पैसा, रातो मुला १८ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ७६ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ । त्यसैगरी लोकल गाजर किलोको ३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, रातो आलु ३१ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।