मुस्ताङमा व्यापक हिमपात जनजीवन प्रभावित


हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपात भइरहेको छ । जनजीवन प्रभावित भएको छ, उनले भने, स्थानीयलाई बाहिर ननिस्किन सूचित गरेका छौँ । हिउँद याममा उपल्लो मुस्ताङका ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्छन् । प्रहरी भने सबै युनिटमा तैनाथ रहेका पाण्डेले बताए ।