भ्रष्टचार अन्त्यको लागी जनता सडकमा आउनुपर्छ: ऋषी धमला


दिपक के. सी., काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेश्नलले विश्वका १८० देशले गरेको सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७औं स्थानमा परेको छ । नेपालले यसवर्ष सय अंकमा ३३ अंक प्राप्त गरेको छ । ५० भन्दा कम अंक प्राप्त गर्नुले भ्रष्टाचार व्याप्त रहेको कुरालाई संकेत गर्छ । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले एनसेल शेयर खरिदविक्री प्रकरणको छानविन प्रतिवेदन र यथार्थताबारे जानकारीका लागि विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा बोल्दै पत्रकार ऋषी धमलाले हाम्रो देशका भ्रष्ट नेताको कारणले आज देश भ्रष्टचारको चंगुलमा डुबेको बताएका छन् । उन्ले अति भैष्टचार हुने देशहरुमा नेपाल भएको भन्दै यस्मा दुःख व्यक्त गरेका छन् ।

यस्तो हँदा पनि देशका नेताहरुले कानमा तेल हालेर बसेको आरोप समेत लगाए । अख्तीयार र राज्यको कुनै पनि सम्यन्त्रलाई भ्रष्टचारको बिषयमा चिन्ता र चासो नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उन्ले भ्रष्टचार अन्त्यको लागी जब सम्म जनता सडकमा आउँदैनन् तबसम्म भ्रष्टचारको अन्त्य नहुने बताएका छन् ।