नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको मूल कारण संविधान हो: डा.गोपीलाल न्यौपाने


दिपक के.सी., काठमाण्डौं । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले एनसेल शेयर खरिदविक्री प्रकरणको छानविन प्रतिवेदन र यथार्थताबारे जानकारीका लागि विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।  यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले एनसेल शेयर खरिदविक्री प्रकरणको छानविन प्रतिवेदन र यथार्थताबारे जानकारीका लागि विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा बोल्दै अर्थविद् डा.गोपीलाल न्यौपानेलले नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको मूल कारण संविधान भएको उनको दाबी छ । संविधानमा ठूलो बजेट खर्च गर्ने आयोग, मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपति कार्यालय, सेना लगायतका सरकारी संस्थाहरुमा अख्तियार पस्न नपाउने व्यवस्था गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘भ्रष्टाचारको विषयमा नेपालको संविधानमै भ्रष्टाचारलाई व्यवस्थित गरिएको छ । नेपालको संविधानमा संवैधानिक आयोगका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । अख्तियार निश्चित् ठाउँमा प्रवेश गर्न पाउँदैन । राष्ट्रपति कार्यालय, सेना, अदालतमा प्रवेश गर्न पाउँदैन । जहाँ देशको असाध्यै धेरै धनराशी खर्च हुन्छ त्यहाँ अख्तियार पस्न पाउँदैन । यस्तो के हो भनेर प्रश्न गरेका छन् सरकारका सम्यन्त्रलाई ।

नेपालको अदालत भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको आरोप छ । भ्रष्टाचार नियन्त्रण गर्न जराबाटै समाधान खोज्नुपर्ने उनको सुझाव छ । समस्या संविधानमै रहेको भन्दै उनले संविधान संशोधन गरेर सरकारका सबै निकायहरुमा अख्तियारले आवस्यक्ता अनुसार छानविन गर्न पाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।