आजको फलफुल तरकारीको मुल्य कती छ ?


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज लोकल गोलभेँडा सानो प्रतिकिलो ४० रुपैयाँ, रातो मुला १३ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ७६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३० रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।