बरु मृत्यु सहन तयार छु तर कलाकारको पीडा सहन्न : कृष्ण कंडेल


दिपक के.सी., काठमाण्डौं । राष्ट्रिय लोक संचारकर्मी नेपालको स्थापना दिवसको अवसरमा कृष्ण कंडेल सम्मानीत हुनुभएको छ । राष्ट्रिय लोक संचारकर्मीको १५ औं स्थापना दिवसको अवसरमा पत्रकारिता पुरस्कारबाट चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक एवम इन्द्रेणी फाउन्डेसनका अध्यक्ष कृष्ण कंडेल सम्मानित हुनुभएको हो । सो कार्यक्रममा बोल्दै अध्यक्ष कृष्ण कंडेलले बरु मृत्यु सहन तयार भएको र कलाकारको पीडा कति पनि नसहने जिकिर गर्नुभएको छ । उहाँले कलाकार र सञ्चारकर्मीलाई शोषण नगरेको बताउनुभएको छ । उहाँले अब संगीत आश्रमको स्थापना गर्ने प्रतीबद्धता जायर गर्नुभएको छ ।

गीत संगीतलाई बोकेर सेवा सन्देश र मनोरञ्जन सहित एउटा अबिष्ट बोकेर आएको कृष्ण कंडेलले बताउनुभएको छ । उहाँले इन्द्रेणी आप्mनो व्यक्तीगत नभई सबै जनताको भएको बताउनुभएको छ । उहाँले भन्नु भयो म इन्द्रेणीको गोठालो हुँ । कार्यक्रममा बोल्दै कंडेलले सम्मान मात्र पाउनु ठुलो कुरा नभई सम्मानको गरिमालाई बचाइराख्नु सबैभन्दा ठुलो कुरा भएको बताउनुभयो । उहाँले अग्रजलाई सम्मान र नँया पुस्तालाई प्रोत्सान सहित आगाडी बढेको बताउनुभएको छ ।

सो कार्यक्रममा बोल्दै कृष्ण कंडेलले भाकाको बिषयमा आफुले पीडा भोग्नुपरेको बताउनुभएको छ । उहाँले इन्द्रेणीले भाका प्रयोग गरेबापत प्रचलित कानुन अनुसार रोयल्टी दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कंडेलले गीत संगीत सम्बन्धी नियम कानुन यथासक्य छिटो बनाउन आग्रह समेत गर्नुभएको छ ।