मुलुक अत्यन्तै संवेदनशील अवस्थामा पुग्यो: हरिबोल भट्टराई


दिपक के.सी.,काठमाण्डौं । बीपी कांग्रेसका अध्यक्ष हरिबोल भट्टराईले मुलुक अत्यन्तै संवेदनशील अवस्थामा पुगेको बताएका छन् । अब २०४७ सालको संविधानमा फर्किएर २०६२-०६३ मा भएको गल्ती सच्याउन आवश्यक रहेको उनले बताए ।
‘२०४७ सालको संविधानमा फर्किएर कोर्ष करेक्सनको बाटोमा जाने, अथवा २०७२ सालको संविधानलाई मिल्कायर कहाँबाट सुरुवात गर्ने भन्ने व्यापक छलफल गर्न आवश्यक रहेको उन्को भनाई छ । २०६२-६३ मा गलत गर्यौं हामीले । यसमा काटछाँट गर्नुपर्छ,’– उनले भने ।
मुलुक डुब्ने अबस्थामा पुगेको र विदेशीहरुको क्रिडास्थल बन्दै गएको अवस्थामा आफूहरुले २०७२ सालको संविधान खारेजी र त्यसपछि नयाँ संविधान निर्माणको बाटोमा जान राष्ट्रिय एकताको लागि ऐक्यवद्धता भन्ने कार्यक्रम लिएर आएको बताए । उन्ले अब सबै राजनैतिक दल र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई एक्यवद्धता हुन आग्रह गरेका छन् ।