इन्द्रेणी टिम राहत सहित जाजरकोट भुकम्प ग्रष्त क्षेत्रतर्फ प्रस्थान


दिपक के.सी., काठमाण्डौं । सेवा सन्देश र मनोरञ्जनलाई मुख्य एजेण्डा बनाएको इन्द्रेणी टिम जाजरकोट भुकम्प ग्रष्त क्षेत्रतर्फ प्रस्थान गरेको छ । गत कार्तीक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भइ ५.७ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका केहि भु–भाग तहस नहस पारेको थियो । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडीतका लागी केहि राहत सहित इन्द्रेणी टिम भुकम्प ग्रस्त क्षेत्र तर्फ प्रस्थान गरेको हो ।

भुकम्प गए लगत्तै इन्द्रेणी टिम त्यहाँ पुगेको थियो त्यतिबेला इन्द्रेणी टिमले इन्द्रेणी फउण्डेसन मार्पmत रु १० लाख नगद सहित सहयोग हस्तान्तरण गरेको थियो । फेरी अहिले पनि राहत सहित इन्द्रेणी टिम त्यता प्रस्थान गरेको हो । भुकम्पपीडित लाई सहयोग गर्नुहुने सम्पुर्ण भगवानरुपी दर्शकहरुमा इन्द्रेणी टिमको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं ।

५.७ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान लियो र कम्तिमा ३७५ जना घाइते भए । भूकम्पको धक्का पश्चिमी नेपाल र उत्तरी भारतमा व्यापक रूपमा महसुस गरिएको थियो ।
भूकम्पको तुलनात्मक रूपमा कम म्याग्निच्युड भएता पनि यस क्षेत्रमा कम गुणस्तरको निर्माण र मानिसहरू सुतिरहेको बेला राती भएको हुनाले क्षति र हताहतीको भएको थियो । धेरै भत्किएका घरहरू काठ र ढुङ्गाले बनेका थिए ।