ज्यानको आहुती दिन तयार छु तर ति अपराधिलाई छोड्दिन: गंगा के सी


दिपक के.सी., काठमाण्डौं । नौ नौ महिना सम्म गर्भमा राखेर प्रसव पीडा सहेर जन्माएकी एकमात्र छोरी गुमाउनु पर्दा कस्को आमाको मनमा शान्ति हुन्छ ? मृतक सुस्मिताकी आमा गंगा केसीले आफूले अब सुस्मितालाई पाउन नसके पनि अब कसैका छोरीहरु नमारिउन् भनेर न्यायिक लडाइ लडिरहेको बताईन् । यसरी मारिएका छोरीहरुको हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरिन् ।
४ बर्षदेखी रुनु र कराउनु सिवाय अरु केहि बिकल्प छैन सुस्मिताको आमाको ।

दैनिक जिवन यापनका लागी बिभिन्न कष्ट भोग्दै आएकी सुस्मिताकी आमा छोरी गुमाउनुको पीडा मनभरी बोकेर न्यायको आशा मार्नुभएको छैन ।आज छोरी गुमाउनुको पीडा त छदैंछ न्याय पाएँ भनेर थोरै महसुस गर्न नपाउँदै पीडित परिवारमाथि ठुलो आघात पुगेको उन्ले बताइन् । सुस्मिताकी आमाले आज छोरी गुमाउँदा न्यायको लडाइ लड्दै गर्दा आफुलाई न्यायको आभास नभएको बताउछिन् । उन्ले भनिन आज हामि पीडित परिवारले यो देशमा बाँच्न पाउने अधिकार खोई कसरी बाँच्ने यो राज्यको सुसासन खोइ भन्दै राज्य सम्यन्त्रलाई समेत प्रश्न गरेकी छिन् । मनमा पीडाको गाँठो पार्दै छोरी गुमाउनुको पीडाले आफुले सर्बस्व गुमाएको उनि बताउँछिन् । उन्ले भनिन ज्यानको आहुती दिन तयार छु तर ति अपराधिलाई नछोड्ने चेतावनी दिएकी छिन् ।