कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश


घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो । कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए । तर, १७ औँ मिनेटमा कतारले बराबरी गर्न सफल भयो । कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे ।

४३ औँ मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २–१ को अग्रता बनायो । तर, ५१ औँ मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ८२ औँ मिनेटमा कतारका अलमोएज अलीले गोल गरेपछि ३–२ को अग्रता लिन सफल भयो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा इरानका सोजेब रातो कार्ड पाउँदै मैदान छाड्न अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो ।

एएफसी एशियन कपको उपाधिका लागि कतारले जोर्डनसँग खेल्ने छ । जोर्डन दक्षिणा कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुने छ । रातोपाटीबाट…