क्यानडाले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई ३० रन बनायो


नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई ३० रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल १२ र एरोन जोन्सन १३ रन बनाउँदै क्रिजमा छन् ।क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू९१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । रातोपाटीबाट…