आइतबारका लागि तरकारी र फलफूलको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज ठुलो नेपाली गोलभेँडा सानो प्रतिकिलो ६५ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ४५ रुपैयाँ, प्याज सुकेको ६२ रुपैयाँ ३३ प्रतिकिलो मूल्य तोकिएको छ । त्यसैगरी लोकल गाजर किलोको २७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३२ रुपैयाँ ६७ पैसा, स्थानीय काउली २८ रुपैयाँ २५ पैसा, रातो आलु २९ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।