आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ।यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । रातोपाटीबाट…