ब्रेन्टफोर्डमाथि सिटीको संघर्षपूर्ण जीत


म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी एक अंकमा झारेको छ । मंगलबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो ।ब्रेन्टफोर्डको उत्कृष्ट डिफेन्सलाई चिर्न सिटीले ७१ मिनेटसम्म पर्खनुपरेको थियो । सिटीका लागि अर्लिङ हालान्डले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । २३ वर्षीय फरवार्डले यो सिजन लिगमा १७ गोल गरिसकेका छन् भने सिजनमा उनको यो २२ औँ गोल थियो । २५ खेलपछि सिटीको ५६ अंक रहेको छ । टोलीले आर्सनललाई उछिन्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल ५७ अंकसहित लिगको शीर्ष स्थानमा छ । आर्सनलको समान खेलबाट ५५ अंक रहेको छ । रातोपाटीबाट…