मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु


मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझ ५ बजेतिरको हो । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो । यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

मालीमा सडक दुर्घटना सामान्य जस्तै बनेको छ । सडक र सवारी साधनको खराब अवस्था, ओभरलोड र कमजोर सडक नियमन आदि कारणले बेला बेलामा दुर्घटना हुने गरेका छन् । यो महिनाको सुरुमा राजधानी बामाकोतर्फ गइरहेको बस ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए । रातोपाटीबाट…