राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने


राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः०० बजे बस्ने तय भएको छ । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृश्य, आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,सङ्गठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सक्रिय सदस्यता वितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ । रातोपाटीबाट…