राष्ट्रियसभा अध्यक्ष पदमा नारायण प्रसाद दाहाल निर्वाचित


राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा शर्माको दाहालको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खसेको भन्दै दाहाललाई निर्वाचित भएको घोषणा गरिन् । रातोपाटीबाट…