मध्यपूर्वमा तनाव चर्किएको अवस्थामा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार ९२८ फेब्रुअरी २०२६० तेहरान केन्द्रित विभिन्न रणनीतिक क्षेत्रमा शक्तिशाली विस्फोट भएको पुष्टि भएको छ।

के भयो ?
इजरायली रक्षा मन्त्रीले यो आक्रमण “पूर्व–सतर्कतामूलक ९उचभ(झउतष्खभ०” कारबाही भएको बताएका छन्। इजरायलको दाबी अनुसार इरानको आणविक तथा मिसाइल क्षमताबाट उत्पन्न सम्भावित खतरा हटाउन यो कदम चालिएको हो।
समाचार स्रोतहरूका अनुसार आक्रमण अमेरिकासँग समन्वय गरेर गरिएको हो र अमेरिकी सैन्य शक्ति पनि प्रत्यक्ष रूपमा सहभागी भएको सुरक्षा स्रोतहरूले बताएका छन्।
- तेहरानमा विस्फोट, आपतकाल घोषणा
- तेहरानको केन्द्र क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएको
- सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय नजिकै विस्फोट भएको रिपोर्ट
- इजरायलभर आपतकाल घोषणा तथा हवाई क्षेत्र बन्द
- छिमेकी देशहरूले पनि हवाई उडान रोक्न थालेका छन् .
किन बढ्यो तनाव ?
अमेरिका, इजरायल र इरानबीच लामो समयदेखि इरानको आणविक कार्यक्रमलाई लिएर विवाद चलिरहेको थियो। कूटनीतिक वार्ता असफल भएपछि सैन्य दबाब बढ्दै गएको बताइएको छ।
इरानको प्रतिक्रिया
इरानले आक्रमण भए अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ। यसले क्षेत्रीय युद्ध फैलिने जोखिम बढेको विश्लेषकहरूको भनाइ छ।
विश्वभर चिन्ता
यो घटनापछि मध्यपूर्वमा ठूलो युद्ध सुरु हुन सक्ने आशंका व्यक्त गरिएको छ। तेल बजार, अन्तर्राष्ट्रिय उडान र विश्व सुरक्षामा असर पर्ने सम्भावना बढेको छ।
