लाइक र भ्युजको खेल, व्यक्तीगत प्रतिष्ठामाथि प्रहार


दिपक के.सी.,सामाजिक सञ्जालको तीव्र विस्तार सँगै लाइक, सेयर र भ्युजको प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको छ। तर यही प्रतिस्पर्धाले पछिल्लो समय व्यक्तिको प्रतिष्ठामाथि गम्भीर प्रहार हुने घटनाहरू बढाउँदै लगेको सबैलाई अवगत नै छ । भाइरल बन्ने होडमा कतिपय प्रयोगकर्ताले अभिव्यक्तिलाई सन्दर्भविहीन बनाउँदै अतिरञ्जित सामग्री सार्वजनिक गर्ने प्रवृत्ति पनि उतिकै बढेको छ।

यसले संकेत के गर्छ ? समाज विस्तारै जिम्मेवार संवादबाट भीड मानसिकतातर्फ जाँदैछ।

लाइक र भ्युजको होडले सत्यभन्दा सनसनीलाई ठूलो बनाइरहेको छ। मानिसले तथ्य जाँचभन्दा पहिले प्रतिक्रिया दिन थालेका छन्, जसले अफवाह, अविश्वास र आपसी द्वन्द्व बढाइरहेको छ। सामाजिक सञ्जाल न्याय दिने ठाउँजस्तो देखिन थालेको छ, जहाँ प्रमाणभन्दा भावनाले फैसला गरिरहेको अवस्था देखिन्छ।

यसको दीर्घकालीन असरहरू:

समाज सूचना समाजबाट उत्तेजना समाज तर्फ मोडिँदै गएको चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन्।
यदि यही प्रवृत्ति रोकिएन भने भविष्यमा सत्य बोल्ने मानिस डराउने र झुटो प्रचार गर्नेहरू शक्तिशाली हुने खतरा बढ्छ।

नैतिक जिम्मेवारी कस्ले लिने ?

१. सामग्री सिर्जनाकर्ता (Content Creator)

२. प्लेटफर्म (Social Media Platforms)

  • Facebook, TikTok जस्ता प्लेटफर्मले अफवाह र मानहानि फैलाउने सामग्री हटाउने, रिपोर्ट प्रणाली मजबुत बनाउने जिम्मेवारी राख्छन्
  • बनियचष्तजm(मचष्खभल भाइरललाई रोक्ने, तथ्यपरीक्षण ९ाबअत(अजभअपष्लन० समर्थन गर्ने

३. दर्शक र प्रयोगकर्ता

  • सामग्री शेयर गर्दा, लाइक गर्दा सन्दर्भ जाँच गर्ने
  • अफवाह फैलाउनेमा सहयोग नगर्ने

४. सरकार र नियामक निकाय

  • साइबर अपराध, डिजिटल मानहानि, चरित्रहत्या सम्बन्धी कानुन बनाउने र कार्यान्वयन गर्ने
  • जिम्मेवार डिजिटल नागरिकताको शिक्षा फैलाउने

सिर्जनाकर्ता, प्लेटफर्म, दर्शक र नियामक सबैको सहभागिता नहुँदा नैतिक जिम्मेवारी अधुरो रहन्छ।
भ्युज र लाइकको लालचले मात्र समाज चलाउन थाले भने समाज नै उत्तरदायित्वबाट बन्चित हुँदैछ।