काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा भएको पछिल्लो मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’ले निकै फराकिलो अग्रता कायम गरेका छन् ।
प्रचण्डले हालसम्म ४ हजार ३९८ मत प्राप्त गरेका छन् । प्रचण्डलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले पछ्याइरहेकी छन् । थापाले हालसम्म १ हजार २६१ मत प्राप्त गरेकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार लिलामणी गौतम तेस्रो स्थानमा छन् । गौतमको पक्षमा हालसम्म ९०७ मत पाएका छन् ।
