दिपक के.सी.,काठमाडौँ ।
काठमाडौँ क्षेत्र नं.– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्। मतगणनाको अन्तिम परिणामअनुसार उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार प्रबल थापा र रबिन्द्र मिश्रलाई पछि पार्दै महत्वपूर्ण जित हासिल गरेकी हुन्।
निर्वाचन आयोगका अनुसार मतदाताको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न भएको निर्वाचनमा दर्शना १५४५५स्पष्ट मतान्तरसहित विजयी बनेकी हुन्। उनको जितलाई काठमाडौँको राजनीतिक परिवेशमा नयाँ सन्देशका रूपमा हेरिएको छ।
विजयपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै दर्शनाले मतदाताले दिएको विश्वासलाई सम्मान गर्दै पारदर्शी र जनमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले काठमाडौँको विकास, सुशासन र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
